ट्रेकिङ्ग गाईडलाई माछापुच्छ्रे बैंकको १ लाख ८० हजारसम्म क्रेडिट सेवा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 22, 2020 | 02:20:03 PM मा प्रकाशित

laxmi  sunrise bank

ट्रेकिंङ्ग एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) ले ट्रेकिङ्ग गाइडहरुका लागि क्रेडिट कार्ड उपलब्ध गराउन माछापुच्छ्रे बैंकसँग सम्झौता गरेको छ । टान र बैंकबिच ट्रेकिङ्ग गाईडहरुलाई क्रेडिट कार्ड सुविधा उपलब्ध गराउने सम्बन्धमा दुईपक्षीय समझदारी भएको छ । उक्त समझदारी पत्रमा माछापुच्छ्रे बैंकका नायब महाप्रबन्धक सर्जु कुमार थापा र टानका अध्यक्ष खुमबहादुर सुवेदीले हस्ताक्षर गरेका छन् । 

कोभिड १९ को कारण पर्यटन क्षेत्र र मजदुरहरुमा पर्न गएको प्रभावलाई मध्यनजर राख्दै टानको पहलमा आफ्ना सदस्य कम्पनीहरुमा कार्यरत ट्रेकिङ्ग गाईडहरुलाई सहजिकरण गर्न माछापुच्छ्रे बैंकसँग समझदारी गरिएको टानले जनाएको छ । बैंक र टानबीच टानका सदस्य कम्पनीमा कार्यरत ट्रेकिंग गाईडहरुलाई मासिक रु १५ हजार गरि अधिकतम रु १ लाख ८० हजारसम्म सिमासहितको क्रेडिट कार्ड उपलब्ध गराईने सम्झौता भएको छ । सो सिमा आंशिक रुपमा रु. ९० हजार गरी दुई चरणमा प्रत्यक अर्धवार्षिक समयावधिमा प्रदान गरिनेछ । ट्रेकिंग गाईडहरुले Minimum Amount Due (MAD) मासिक ५ प्रतिशतको दरले एक बर्षसम्म भुक्तानि गर्नुपर्ने छ ।

क्रेडिट कार्ड सुविधा उपभोग गर्न आवेदकको उमेर न्यूनतम २१ बर्ष र अथिकतम ६५ बर्ष हुनुपर्ने नियम बनाईएको छ । गाईडहरुले माछापुच्छ्रे बैंकमा खाता खोली छुट्टै डेबिट अथोरिटि दिनुपर्नेछ । सो सुविधा प्रयोग गर्न गाईड कार्यरत कम्पनीले जमानत अनिवार्य बस्नु पर्नेछ । यदि कुनै ट्रेकिङ्ग गाईडले शर्त बमोजिम रकम भुक्तान गर्न नसके बाँकी रहेको बक्यौता तिर्ने दायित्व ट्रेकिंग गाईड कार्यरत ट्रेकिंग एजेन्सिको हुनेछ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved