कुमारी बैंकको दुई आर्थिक बर्षको लाभांश पारित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 10, 2019 | 10:54:48 AM मा प्रकाशित

laxmi  sunrise bank

कुमारी बैंक लिमिटेड Kumari Bank Limited ले दुई आर्थिक बर्षको लाभांश पारित गरेको छ। बैंकको बैशाख २६ गतेको बार्षिक साधारणसभाले दुई आर्थिक बर्षको २१ दशमलब २५ प्रतिशत बोनस सेयर पारित गरेको छ। 

बैंकले अघिल्लो आर्थिक बर्ष २०७३-७४ बाट २१ दशमलब ७५ तथा गत आर्थिक बर्ष २०७४-७५ बाट ८।५० प्रतिशत गरि २१ दशमलब २५ प्रतिशत बोनस सेयर वितरण गरेको हो। यससंगै बैंकको चुक्तापुंजी ८ अर्ब ६८ करोड पुगेको छ।  

चालू आर्थिक बर्षको तेश्रो त्रैमाससम्ममा बैंकले ७७ अर्ब २९ करोड निक्षेप संकलन गरि ७३ अर्ब २४ करोड कर्जा प्रवाह गरेको छ। बैंकले १ अर्ब ४२ करोड संचालन मुनाफा गरेको छ भने १ अर्ब खुद मुनाफा गरेको छ। 

यसअवधिमा बैंकले आफ्ना ८८ वटा शाखा कार्यालय, ८३ एटिएम, ३ एक्सटेन्सन काउन्टर र ३ शाखा रहित बैंकिंगबाट आफ्ना ग्राहकलाई बैंकिंग सेवा उपलब्ध गराउदै आएको छ।  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved