नेशनल लाइफ इन्स्योरेन्स National Life Insurance Company Limited को लाभांश पारित भएको छ । कम्पनीको आइतबार भएको साधारणसभाले लाभांश पारित गरेको हो । साधारणसभाले पारित गरेसंगै अब कम्पनीले २.५ प्रतिशत बोनस शेयर र १२ प्रतिशत नगद लाभांश गरी कुल १४.५ प्रतिशत लाभांश वितरण गर्ने छ ।
कम्पनीले आर्थिक बर्ष ७४/७५ मा ६४४.७६ करोड बीमाशुल्क संकलन गरेको छ भने २०५ करोड कूल दावी भुक्तानी गरेको छ। सो अवधिमा कम्पनीको कुल लगानी २३.५४ प्रतिशतले बृद्धि भई २०९५ करोड पुगेको छ। कम्पनीको बीमा कोष गत वर्षको तुलनामा २४.१६ प्रतिशतले बृद्धि भई २०७५ सार मसान्त सम्ममा २१ अरब ४७ करोड पुगेको छ ।
सभामा कम्पनीका अध्यक्ष प्रेमा सिंहले कम्पनीले आ.व.२०७४÷०७५ को बीमाङ्कीय मूल्याङ्कनमा राम्रो प्रगति गरी नाफा सहित जारी गरिएका सबै बीमालेखमा दुई विन्दुले वोनस दर बढाइएको र यसवाट ब्यवसायमा सकारात्मक प्रभाव पार्ने विश्वास ब्यक्त गरिन । कम्पनीले सूचना प्रविधिमा यथेष्ट लगानी गर्दै आएको, शाखा सन्जाल विस्तारमा विशेष ध्यान दिएको र विविध आकर्षक बीमालेखहरु प्रचलनमा ल्याउन प्रयास रहेको अध्यक्षले सभामा उल्लेख गरिन।