जनता अवकाश कोषले मुनाफा दिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 13, 2019 | 02:53:31 PM मा प्रकाशित

laxmi  sunrise bank

जनता बैंक Janata Bank Nepal Limited द्धारा संचालित जनता अवकाश कोषले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट १ प्रतिशतका दरले मुनाफा वितरण गर्ने भएको छ । आषाढ मसान्तसम्ममा कायम रहेको संचित रकमको १ प्रतिशत मुनाफा वितरण गर्ने निर्णय गरेको हहो । 

कोष संचालक समितिको बैठकले कोषको आर्थिक बर्ष २०७५/७६ को वासलात, नाफा–नोक्सान हिसाव, नगद प्रवाह विवरण स्वीकृत गरेको छ । 

कोषले सहभागी संचयकर्ता/बचतकर्ताहरुको संचित मौज्दात रकममा बार्षिक ८.५० प्रतिशतका दरले व्याज प्रदान गर्दै आएको छ ।सहभागिले संचित रकमको ९० प्रतिशतसम्म सापटी लिनसक्ने व्यवस्था छ । कोषले सहभागी संचयकर्ता÷बचतकर्ताहरुलाई सुत्केरी स्यहार खर्च १० हजार र काजक्रिया खर्च १० हजारको पनि व्यवस्था गरेको छ । 

आयकर ऐन, २०५८ को दफा ६३ को उपदफा (१) र आयकार नियमावली २०५९, को नियम २० को उपनियम (२) बमोजिम आन्तरिक राजश्व विभागबाट स्वीकृत प्राप्त अवकाश कोषले बैंक, वित्तीय संस्था, अन्य संगठित संघ, संस्था, प्रतिष्ठान, बिद्यालय, उद्योग, व्यवसाय र कर योग्य आय भएका परामर्शदाता, चिकित्सक, इन्जिनियर, कानून व्यवसायीहरुलाई अवकाश कोष सम्बन्धि सेवा प्रदान गरिरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved