स्ट्याण्डर्ड चार्टर्ड बैंक Standard Chartered Bank Nepal Limited ले साधारणसभा आह्वान गरेको छ । बैंकले मङ्सिर २३ गते १ बजे आर्मी अफिसर्स क्लब भद्रकालीमा सभा आह्वान गरेको हो ।
साधारणसभामा लाभांश सहितका विभिन्न ५ प्रस्ताव पेश हुने छन् । बैंकले आर्थिक बर्ष ७५/७६ को मुनाफाबाट २२.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ बैंकको उक्त लाभांश साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ ।
बैंकले साधारणसभा प्रयोजनको लागि मङ्सिर ९ गतेदेखि बुक क्लोज गर्ने भएको छ । मङ्सिर ८ गतेसम्म कायम शेयरधनीले सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।
यस्ता छन् सभामा पेश हुने प्रस्तावहरु :