सबैको लघुवित्तको लाभांश सुरक्षित गर्ने आज मङ्सिर ४ गते अन्तिम दिन रहेको छ । कम्पनीले मङ्सिर २१ गते शनिवार बन्दीपुरको मर्स्याङ्दी भ्यु रिसोर्टमा सभा आह्वान गरेको हो । कम्पनीले सभा प्रयोजनको लागि मङ्सिर ५ गतेदेखि बुक क्लोज गर्ने निर्णय गरेको छ । आज मङ्सिर ४ गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन प्रस्तावित लाभांश पाउन सक्ने छन् ।
सभामा लाभांश सहितका विभिन्न ११ प्रस्ताव पेश हुदै छन् । कम्पनीले आर्थिक बर्ष ७५/७६ सम्मको मुनाफाबाट १३ प्रतिशत बोनस शेयर र ०.६८ प्रतिशत नगद लाभांश गरि कुल १३.६८ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्ता पुंजी १६ करोड ५० लाख रहेको छ । बोनसपछि कम्पनीको चुक्ता पुंजी १८ करोड ६४ लाख पुग्ने छ । त्यसपछि कम्पनीले १:१ को अनुपातमा शतप्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव पनि सभामा पेश गर्ने भएको छ ।
अन्य प्रस्तावमा कम्पनीको वित्तीय विवरणहरु पारित गर्ने, आवश्यकता बमोजिम प्रबन्धपत्र र नियमावली संशोधन गर्ने, सर्वसाधारण समुह तर्फबाट २ जना संचालक नियुक्त गर्ने, मर्जर र प्राप्तिको लागि संचालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्ताव पेश हुने छन् ।