गरिमा विकास बैंकको साधारणसभा आह्वान, १० प्रस्ताव पेश हुने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 21, 2019 | 09:42:36 AM मा प्रकाशित

laxmi  sunrise bank

गरिमा विकास बैंक Garima Bikas Bank Limited ले साधारणसभा आह्वान गरेको छ । बैंकले मङ्सिर २७ गते शुक्रबार पोखराको होटेल पोखरा ग्राण्डमा सभा आह्वान गरेको हो 

साधारणसभामा लाभांश सहितका विभिन्न १० प्रस्ताव पेश हुने छन् । बैंकले आर्थिक बर्ष ७५/७६ को मुनाफाबाट  लगानीकर्तालाई १६.१५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.८५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।  आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ । हाल कम्पनीको चुक्तापुंजी २ अर्ब ७८ करोड ८३ लाख रहेको छ 

त्यस्तै साधारणसभामा वित्तीय विवरण पारित गर्ने, लेखापरीक्षकको नियुक्ति गर्ने, प्रबन्धपत्र र नियामावलीमा आवश्यक संसोधन गर्ने लगायतका प्रस्तव पेश हुने छन्  । त्यस्तै बैंकको अधिकृत पूंजी वृद्धि गरि ५ अर्ब पुर्याउने र मर्जर तथा प्राप्तिको विषयमा सम्पूर्ण निर्णय गर्ने अधिकार संचालक समितिलाई दिने प्रस्ताव पनि सभामा पेश हुने छ 

बैंकले साधारणसभा प्रयोजनको लागि मङ्सिर १३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । मङ्सिर १२ गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved