श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स Shree Investment Finance Company Limited ले साधारणसभा आह्वान गरेको छ । कम्पनीले पुस ११ गते शुक्रबार आम्रपाली ब्यान्क्वेट भाटभटेनीमा सभा आह्वान गरेको हो ।
सभामा लाभांश सहितका ८ प्रस्ताव पेश हुने छन् । कम्पनीले लगानीकर्तालाई आर्थिक बर्ष ७५/७६ को मुनाफाबाट २.३५ प्रतिशत बोनस शेयर र १०.६५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।
त्यस्तै साधारणसभामा जारी तथा चुक्ता पुंजीलाई ८१ करोडबाट बढाएर ८२ करोड ९० लाख पुर्याउने, नियमावली र प्रबन्धपत्रमा आवश्यक संसोधन गर्ने, मर्जर तथा प्राप्तिको निर्णय गर्ने सम्पूर्ण अख्तियारी संचालक समितिलाई प्रदान गर्ने लगायतका प्रस्ताव पेश हुने छन् ।
साधारणसभा प्रयोजनको लागि कम्पनीले पुस १ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यस हिसाबमा मङ्सिर ३० गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउने छन्।