छिमेक लघुवित्त Chhimek Laghubitta Bittiya Sanstha Limited ले साधारणसभा आह्वान गरेको छ । कम्पनीले मङ्सिर ३० गते सोमबार हेटौडाको होटेल सामनामा सभा आह्वान गरेको हो ।
सभामा लाभांश सहितका ७ प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक बर्ष ७५/७६ को मुनाफाबाट लगानीकर्तालाई ४४.३३ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको थियो । कम्पनीले हाल कायम चुक्ता पुंजीको २७.११८६ प्रतिशतले हुन् आउने ३२ करोडको बोनस शेयर र १७.२१६८ प्रतिशतले हुन् आउने २० करोड ३१ लाख नगद लाभांश गरि कुल ४४.३३५४ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । साधारणसभाले पारित गरेपछि उक्त प्रस्ताव लगानीकर्तामा बितरण हुने छ । हाल कम्पनीको चुक्ता पुंजी १ अर्ब १८ करोड रहेको छ ।
त्यस्तै सभामा कम्पनीको नियमावली र प्रबन्धपत्रमा आवश्यक संशोधन गर्ने, र मर्जर सम्बन्धि सम्पूर्ण अख्तियारी संचालक समितिलाई दिने प्रस्ताव पेश हुने छ ।
कम्पनीले साधारणसभा प्रयोजनको लागि मङ्सिर १६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । मङ्सिर १५ गते कायम शेयरधनीले मात्र स्वाहामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।