सुर्योदय लघुवित्तले डाक्यो साधारणसभा, मर्जर पश्चात शतप्रतिशत हकप्रद

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 28, 2019 | 11:10:16 AM मा प्रकाशित

laxmi  sunrise bank

सुर्योदय लघुवित्त Suryodaya Laghubitta Bittiya Sanstha Limited  ले साधारणसभा आह्वान गरेको छ ।  कम्पनीले पुस ५ गते स्याङ्गजाको पुतलीबजारमा सभा आह्वान गरेको हो । सभामा लाभाश र मर्जरसहितका विभिन्न १८ प्रस्ताव पेश हुने छन् । 

कम्पनीले आर्थिक बर्ष ७५/७६ को मुनाफाबाट ४४.४७७८ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि २.३४०९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।  कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ । 

कम्पनीले त्रिलोक लघुवित्तलाई गाभ्ने तयारी गरेको छ। साधारणसभामा त्रिलोकलाई गाभ्ने प्रस्ताव पनि पेश हुने छ । सुर्योदयले त्रिलोकलाई १००:९७ को स्वाप रेसियोमा गाभ्न लागेको हो । हाल सुर्योदयले प्रस्ताव गरेको बोनसपछि कम्पनीको चुक्ता पुंजी १५ करोड ५९ लाख पुग्ने छ । त्यस्तै त्रिलोकलाई गाभेपछि बन्ने कम्पनीको चुक्ता पुंजी २१ करोड ५० लाख बन्ने छ । त्यसपछि कम्पनीले शत प्रतिशत हकप्रद निष्काशन गर्ने छ । शत प्रतिशत हकप्रदपछि कम्पनीको चुक्ता पुंजी ४३ करोड ८५ हजार पुग्ने छ । कम्पनीले साधारणसभामा अधिकृत पुंजी ६० करोड पुर्याउने प्रस्ताव पनि पेश गर्ने छ । 

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved