लक्ष्मी बैंक Laxmi Bank Limited ले साधारणसभा आह्वान गरेको छ । बैंकले पुस ६ गतेको लागि सभा आह्वान गरेको हो ।
साधारणसभामा लाभांश लगायतका विभिन्न प्रस्ताव पेश हुने छन् । बैंकले आर्थिक बर्ष ७५/७६ को मुनाफाबाट लगानीकर्तालाई १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत गरि ५ प्रतिशत नगद लाभांश गरि कुल १५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । साधारणसभाले पारित गरेपछि लगानीकर्तामा उक्त लाभांश वितरण हुने छ ।
बैंकले साधारणसभा प्रयोजनको लागि मङ्सिर २३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । मङ्सिर २२ गतेसम्म कायम शेयरधनीले सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।