चौतारी लघुवित्तको साधारणसभा आह्वान, दर्जन बढी प्रस्ताव पेश हुने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 02, 2019 | 04:11:58 PM मा प्रकाशित

laxmi  sunrise bank

चौतारी लघुवित्तले साधारणसभा आह्वान गरेको छ । कम्पनीले पुस ९ गते बुधबार रुपन्देहीको बुटवल स्थिति दियालो फुडल्याण्डमा सभा आह्वान गरेको हो । 

सभामा लाभांश सहितका दजर्न बढी प्रस्ताव पेश हुने छ । कम्पनीले आर्थिक बर्ष ७५/७६ सम्मको संचित मुनाफाबाट लगानीकर्तालाई   ७ प्रतिशत बोनस शेयर र १०.८९ प्रतिशत नगद लाभांश गरी कुल १७.८९ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ 

त्यस्तै सभामा स्नास्थाको प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने, आरम्भ लघुवित्तसंगको मर्जर प्रस्ताव पारित गर्ने लगायतका प्रस्ताव पेश गर्ने छ । चौतारी र आरम्भ १:१ को स्वाप रेसियोमा मर्ज हुन् लागेका हुन् । मर्जपछि संस्थाको नाम आरम्भ चौतारी लघुवित्त हुने छ भने संस्थापक र सर्वसाधारणको स्वामित्व ६३.६६:३६.३४ कायम रहेन छ 

कम्पनीले साधारणसभा प्रयोजनको लागि मङ्सिर २२ गतेदेखि बुक क्लोज गर्ने निर्णय गरेको छ । मङ्सिर १९ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश प्राप्त गर्न सक्ने छन्  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved