निर्धन उत्थान लघुवित्तको साधारणसभा आह्वान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 05, 2019 | 10:05:33 AM मा प्रकाशित

laxmi  sunrise bank

निर्धन उत्थान लघुवित्त Nirdhan Utthan Laghubitta Bittiya Sanstha Limited ले साधारणसभा आह्वान गरेको छ । कम्पनीले पुस १३ गते आइतबार नक्साल स्थित सेलिब्रेसन ब्यांक्वेटमा सभा आह्वान गरेको हो ।

सभामा लाभांश सहितका विभिन्न ९ प्रस्ताव पेश हुने छन् । कम्पनीले लगानीकर्तालाई आर्थिक बर्ष ७५/७६ सम्मको मुनाफाबाट  २५ प्रतिशत बोनस शेयर र १५.५३ प्रतिशत नगद लाभांश गरी कुल  ४०.५३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ  । साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ  ।

सभामा बार्षिक तथा वित्तीय प्रतिवेदनहरु पारित गर्ने, लेखापरिक्षक प्रतिवेदन पारित गर्ने, लेखापरीक्षक नियुक्ति गर्ने, संचालक नियुक्ति गर्ने, संस्थाको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने लगायतका प्रस्तवा पेश हुने छन्  ।

 कम्पनीले साधारणसभा प्रयोजनको लागि मङ्सिर ३० गतेदेखि बुक क्लोज गर्ने निर्णय गरेको छ  । मङ्सिर २९ गतेसम्म कायम शेयरधनीए मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन्  । हाल कम्पनीको चुक्ता पुंजी १ अर्ब २० करोड छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved