स्वाबलम्बन लघुवित्तको साधारणसभा आह्वान, मर्जरको जिम्मा संचालक समितिलाई

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 05, 2019 | 01:22:37 PM मा प्रकाशित

laxmi  sunrise bank

स्वाबलम्बन लघुवित्त Swabalamban Laghubitta Bittiya Sanstha Limited  ले साधारणसभा आह्वान गरेको छ। कम्पनीले पुस २० गते आइतबार काठमाडौँ स्थित गैरीधाराको एलिस रिसेप्सनमा सभा आह्वान गरेको हो 

कम्पनीको साधारणसभामा लाभांश सहितका ९ प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक बर्ष ७५/७६ सम्मको मुनाफाबाट लगानीकर्तालाई १४ प्रतिशत नगद लाभांश र २६ प्रतिशत बोनस शेयर गरी कुल ४० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीको साधारणसभाले पारित गरेपछि लगानीकर्तामा उक्त लाभांश वितरण हुने छ 

साधारणसभामा वित्तीय विवरण पारित गर्ने, बार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरीक्षक नियुक्ति गरि निजको पारिश्रमिक तोक्ने, प्रबन्धपत्र र नियामावलीमा आवश्यक संशोधन गर्ने, सर्वसाधारण शेयरधनीको तर्फबाट १ जना संचालक नियुत गर्ने लगायतका प्रस्ताव पेश हुने छन्  । त्यस्तै सभामा संस्थाको मर्जर र प्राप्ति सम्बन्धि आवश्यक निर्णय गर्ने अख्तियारी संचालक समितिलाई दिने प्रस्ताव पनि पेश हुने छ  

कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस १ गतेदेखि बुक क्लोज गर्ने निर्णय गरेको छ  । मङ्सिर ३० गते सम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन्   

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved