एनएमबि बैंकको साधारणसभा आह्वान, १२ प्रस्ताव पेश हुने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 12, 2019 | 10:59:26 AM मा प्रकाशित

laxmi  sunrise bank

एनएमबि बैंक NMB Bank Limited ले साधारणसभा आह्वान गरेको छ। बैंकले पुस २४ गते बिहिबार काठमाडौँको राष्ट्रिय सभा गृहमा सभा आह्वान गरेको हो 

सभामा लाभांश सहितका विभिन्न १२ प्रस्ताव पेश हुने छन् । बैंकले आर्थिक बर्ष ७५/७६ को मुनाफ बाट  २१ प्रतिशत बोनस र १४ प्रतिशत नगद (कर प्रयोजनको लागि समेत) गरि कुल ३५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।  साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ । 

त्यस्तै कम्पनीको सभामा बार्षिक प्रतिवेदन पारित गर्ने, साविकको ओम डेभलपमेन्ट बैंकको प्रतिवेदन तथा वित्तीय विवरण पारित गर्ने, प्रबन्धपत्र र नियामावलीमा आवश्यक संसोधन गर्ने, ६ जना संचालकको निर्वाचन गर्ने लगायतका प्रस्ताव पेश हुने छन् । 

बैंकले साधारणसभा प्रयोजनको लागि पुस ४ गतेदेखि बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस ३ गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् । 

यस्ता छन् सभामा पेश ऊने प्रस्तावहरु : 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved