एभरेष्ट बैंकको बुक क्लोज मिति तय, पुस २३ मा साधारणसभा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 12, 2019 | 03:23:14 PM मा प्रकाशित

laxmi  sunrise bank

एभरेष्ट बैंक Everest Bank Limited  ले साधारणसभा प्रयोजनको लागि बुक क्लोज मिति तय गरेको छ। बैंकले पुस २३ गते साधारणसभा आह्वान गरेको छ । जसको लागि बैंकले पुस ४ गतेदेखि २३ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस ३ गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

बैंकले लगानीकर्तालाई ७५/७६ को मुनाफाबाट  २० प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनस शेयर गरी कुल २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।  साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ । हाल बैंकको चुक्ता पुंजी ८ अर्ब ६ करोड रहेको छ ।




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved