कृषि विकास बैंक Agriculture Development Bank Limited ले १३ औ वार्षिक साधारणसभाको लागि बुक क्लोज मिति तय गरेको छ। बैंकले पुस २७ गते साधारणसभा आह्वान गरेको छ।
बैंकको साधारणसभालले प्रतावित लाभांश पारित गर्नेछ । जसको लागि बैंकले पुस १३ गतेदेखि २७ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । पुष १० गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।
बैंकले लगानीकर्तालाई आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट ६ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत गरेर २४ प्रतिशत नगद गर कुल ३० प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।
बैंकको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ । यस्तै बैंकले नेपाल सरकारको फिर्ता नहुने अग्राधिकार शेयको लागि ६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गर्नेछ ।