सन नेपाल लाइफ इन्स्योरेन्सले दोस्रो साधारणसभा सम्पन्न गरेको छ ।
शनिवार भएको साधारणसभाले बार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित आ.व २०७४÷०७५ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह लगायत बित्तीय विवरण प्रतिवेदन, कम्पनी ऐन २०६३ को दफा १११ बमोजिम आ.व २०७५÷०७६ को लेखापरीक्षण कार्यको लागि लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने निर्णय पारित गरेको छ।
कम्पनीले २१ शखा र ७७ उपशाखा कार्यालय संचालन गरी करीब १५,००० अभिकर्ता संरचना तयार गरेको छ ।