नेपाल बंगलादेश बैंक Nepal Bangladesh Bank Limited को साधारणसभा आज पुस ७ गते हुदै छ । राष्ट्रिय सभा गृहमा बैंकले सभा आह्वान गरेको हो। सभामा लाभांश सहितका विभिन्न १० प्रस्ताव पेश हुने छन् ।
बैंकले आर्थिक बर्ष ७५/७६ को मुनाफाबाट ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत गरि ७ प्रतिशत नगद लाभांश गरि कुल १२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । बैंकको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।
त्यस्तै मर्जर र प्राप्ति सम्बन्धि निर्णय गर्ने सम्पूर्ण अधिकार संचालक समितिलाई दिने प्रस्ताव समेत बैंकको साधारणसभामा पेश हुने छ। त्यस्तै प्रबन्धपत्र नियमावलीमा संशोधन गर्ने, बंगलादेशको आईएफआईसी बैंकसँग भएको सम्झौता अनुमोदन गर्ने लगायतका प्रस्ताव सभामा पेश हुने छन् ।
बैंकले साधारणसभा प्रयोजनको मङ्सिर २६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । मङ्सिर २५ गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन प्रस्तावित लाभांश पाउन सक्ने छन् ।