बिफिनको हकप्रद स्थगित, ५ संचालक चयन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 10, 2020 | 11:06:04 AM मा प्रकाशित

laxmi  sunrise bank

बैंकिङ्ग फाईनान्स एण्ड इन्स्योरेन्स इन्स्टिट्युट अफ नेपाल (बिफिन) को हकप्रद प्रस्ताव स्थगित भएको छ । कम्पनीको बिहिबार सम्पन्न साधारणसभाले हकप्रद प्रस्ताव हालको स्थगित गर्ने निर्णय गरेको हो ।

साधारणसभाले आर्थिक वर्ष २०७५÷७६ सम्मको सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई १० प्रतिशत नगद लाभांस तथा १० प्रतिशत बोनस शेयर (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ । यस्तै, आर्थिक वर्ष २०७५÷७६ को लेखापरिक्षकको प्रतिवेदन सहितको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाहको विवरण लगायतका वित्तिय विवरणहरु, लेखापरीक्षक को नियुक्ती एवम् पारिश्रमिक समेत सभाले पारित गरेको छ । 

सभाले कम्पनीको सञ्चालक समितिमा संस्थापक समूहबाट ५ जना संचालकहरुलाई निर्वाचित गरेको छ । कम्पनीको सञ्चालक समितिमा इमर्जिङ नेपाल लिमिटेडको तर्फबाट डा. विनोद आत्रेय, ग्लोबल आई. एम. ई. बैंकको तर्फबाट भवानी ढकाल, नेपाल इन्भेष्टमेन्ट बैैंकको तर्फबाट दिपक कुमार श्रेष्ठ, महालक्ष्मी विकाश बैंकबाट दिपेश लम्साल र एन. आई. सि. एशिया बैंकको तर्फबाट नारायण प्रसाद नेपाल निर्वाचित भएका छन् । सभाले सल्लाहकार समिति गठन गर्ने विशेष प्रस्ताव पनि पारित गरेको छ  । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved