इन्भेस्टमेन्ट बैंक सहित ७ कम्पनीको साधारणसभा आज, कसको कहाँ ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 13, 2020 | 09:03:03 AM मा प्रकाशित

laxmi  sunrise bank

आज पुस २८ गते सोमबार नेप्सेमा सुचिकृत ७ वटा कम्पनीले साधारणसभा गर्दै छन् । आज नेपाल इन्भेष्टमेन्ट बैंक, जलविद्युत लगानी तथा विकास कम्पनी (एचआईडिसीएल), मिर्मिरे लघुवित्त, नेरुडे लघुवित्त, प्रोगेशिभ फाइनान्स, हिमालयन पावर पार्टनर र आँखुखोला जलविद्युत्त कम्पनीले साधारणसभा गर्न लागेका हुन् ।

इन्भेष्टमेन्ट बैंकले राष्ट्रिय सभागृह, प्रदर्शनी मार्गमा सभा आह्वान गरेको छ। बैंकले चुक्ता पूँजीको १०.५ प्रतिशत बोनस शेयर र कर सहित ८.५ प्रतिशत नगद गरि कूल १८.५० प्रतिशत (दुई अर्ब ४४ करोड ५२ लाख ५३ हजार ३३० रुपैयाँ) लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । सभाले पारित गरेपछि पुस १३ गतेसम्म कायम लगानीकर्ताले उक्त लाभांश पाउने छन् । 

एचआईडिसरएिलले आर्मी अफिसर्स क्लबमा सभा आह्वान गरेको छ ।कम्पनीले  १२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।   सभाले पारित गरेपछि पुस १६ गतेसम्म कायम लगानीकर्ताले उक्त लाभांश पाउने छन् । 

मिर्मिरे लघुवित्तले धुलिखेलको मिराबल रिसोर्ट एण्ड होटलमा सभा आह्वान गरेको छ । कम्पनीले ४५ प्रतिशत बोनस शेयर र करको लागि २.३६ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । सभाले पारित गरेपछि पुस १७ गतेसम्म कायम लगानीकर्ताले उक्त लाभांश पाउने छन् ।

नेरुडे लघुवित्तले मोरंगको उद्योग संगठन विराटनगरमा सभा आह्वान गरेको छ ।  कम्पनीले १५ प्रतिशत बोनस शेयर र ५.७९ नगद   लाभांश प्रस्ताव गरेको छ। सभाले पारित गरेपछि पुस १२ गतेसम्म कायम शेयरधनीले उक्त लाभांश पाउने छन्। 

आज नै साधारणसभा आह्वान गरेका प्रोगेशिभ फाइनान्स, हिमालयन पावर पार्टनर र आँखुखोला जलविद्युत्त कम्पनीले भने लगानीकर्तालाई कुनै पनि लाभांश दिने छैनन् ।  प्रोगेशिभ फाइनान्सको साधारण सभा ज्यापू प्रज्ञा भवन ललितपुरमा , हिमालयन पावरले अमपाली बैंक्वेट भाटभटेनीमा र आँखुखोलाको साधारणसभा नक्साल बैङक्वेटमा हुदै छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved