नेपाल दूरसञ्चार कम्पनी लिमिटेड Nepal Doorsanchar Company Limited को १२ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट प्रति शेयर ४५ रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
साधारण सभाले आर्थिक वर्ष २०७५/०७६ को सञ्चालक समितिको प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदनसहितको २०७६ आषाढ मसान्तको वासलात, नाफा नोक्सान हिसाब पारित गरेको छ । साधारणसभाले महालेखा कम्पनीको लेखा परीक्षकमा चार्टर्ड एकाउण्टेण्ट प्रकाश जंग थापा र अच्युतराज जोशीलाई नियुक्त गरेको छ ।
बाह्रौँ साधारण सभाले पारित गरेबमोजिमको लाभांश रकम २०७६ माघ १ गतेदेखि एनएमबी बैंकमार्फत शेयरधनीहरुलाई वितरण गर्ने ब्यवस्था गरिएको कम्पनीले जनाएको छ ।