मञ्जुश्री फाइनान्सको लाभांश पारित, संचालक समितिमा घिमिरे र गौतम दोहोरीए

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 15, 2020 | 04:40:23 PM मा प्रकाशित

laxmi  sunrise bank

मञ्जुश्री फाइनान्स लिमिटेडको लाभांश पारित भएको छ। फाइनान्सको बाह्रौ वार्षिक साधारण सभाले संचालक समितिको ९.८० प्रतिशत नगद लाभांश र १.७५ प्रतिशत बरावरको वोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको हो। 

त्यस्तै फाइनान्सको संचालक समितिमा सर्वसाधारण शेयरधनिहरुको तर्फवाट इन्दिरा पण्डित घिमिरे र चिन्तामणी गौतमलाई आगामि ४ वर्षको लागि सञ्चालक पदमा निर्विरोध निर्वाचित गरेको छ।

फाइनान्सले पुष मसान्तसम्ममा ७ अर्ब ७० करोड निक्षेप संकलन गरि ६ अर्ब ७७ करोड कर्जा लगानी गरेको छ। यसअवधिमा फाइनान्सको चुक्तापुंजी ८० करोड ४० लाख रहेको छ। बोनस सेयर वितरण पश्चात फाइनान्सको चुक्तापुंजी ८१ करोड ८० लाख नाघ्नेछ।

नयाँ बानेश्वर काठमाण्डौंमा केन्द्रिय कार्यालय रहेको राष्ट्रिय स्तरको फाइनान्सले न्युरोड काठमाण्डौ ,नारायणगढ, बुटवल, धनगढी, इटहरी, बिराटनगर, नेपालगञ्ज , धरान, पोखरा तथा बिरगञ्ज शाखाबाट कारोबार गरिरहेको छ।   

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved