एनसीसी बैंकको लाभांश पारित, महिला सञ्चालकमा आलोपालो प्रणाली

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 31, 2020 | 05:33:25 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल क्रेडिट एण्ड कमर्स बैंक Nepal Credit & Commerce Bank Limited ले २२औ वार्षिक साधारण सम्पन्न गरेको छ । बैंकका संचालक समिति अध्यक्ष उपेन्द्र केशरी न्यौपानेको अध्यक्षतामा साधारण सभा सकिएको हो । 

साधारण सभाले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट १५ प्रतिशत बोनस शेयर र सो बोनस शेयर जारी गर्दा लाग्ने कर प्रयोजनको लागि चुक्ता पूँजीको ०.७८९४७ प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव पारित गरेको छ । १५ प्रतिशतबोनस शेयर बितरण पश्चात बैंकको चुक्ता पूजी ९ अर्ब ३५ करोड ३९ लाख १६ हजार रुपैयाँ पुग्ने छ । 

महिला संचालक नियुक्तिमा बैंकको नियमावलीमा पहिलो पटक सर्वसाधारण शेयरधनी समुहबाट, दोस्रो पटक संस्थापक शेयरधनी समूहबाट र त्यसपछि यही क्रमले आलोपालो प्रणालीबाट निर्वाचन हुने ब्यवस्था गरेको छ । बैंकले आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षकमा पि.जे. थापा एण्ड कम्पनी, चार्टर्ड एकाउन्टेन्टस्लाई नियुक्त गरेको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved