आइतवार सेयर किन्नेले आइएमई जनरलको लाभांश पाउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 22, 2020 | 12:24:52 PM मा प्रकाशित

laxmi  sunrise bank

आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको लाभांश पाउनको लागि फागुन ११ गते सेयर कायम गर्नुपर्नेछ ।  कम्पनीले घोषणा गरेको ६ प्रतिशत बोनस शेयर र करको लागि शून्य दशमलव ३२ प्रतिशत नगद लाभांश आइतवारसम्म सेयर भएकाले पाउनेछन् । 

कम्पनीले आर्थिक वर्ष २०७५ ÷७६ को वार्षिक साधारण सभा फागुन २४ गते बोलाएको छ । कम्पनीले सभाको लागि फागुन १३ गते सोमवारदेखि बुक क्लोज गर्ने भएको छ । 

कम्पनीको सभाले संस्थापकतर्फको ८० प्रतिशत र सर्वसाधारणतर्फको २० प्रतिशत शेयर स्वामित्व संशोधन गरी संस्थापकतर्फ ६० प्रतिशत र सर्वसाधारणतर्फ ४० प्रतिशत कायम गर्नेछ । साथै, संस्थापक समूहबाट ४ जना र सर्वसाधारण समूहबाट २ जना सञ्चालकको निर्वाचन सभाले गर्नेछ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved