मितेरी डेभलपमेण्ट बैंक लिमिटेड Miteri Development Bank Limited ले २४ औं वार्षिक साधारण सभा चैत ८ गते बोलाएको छ । बैंकले १८.५२५ प्रतिशत वोनस सेयर र करको लागि ०.९७५ प्रतिशत नगद लाभाँंश पारित गर्न सभा बोलाएको हो ।
बैंकले सभामा अन्य कम्पनीसँग गाभ्ने गाभिने प्रस्ताव समेत राखेको छ । गाभ्ने गाभिने कार्यको लागि बैंकले सम्पुर्ण अधिकार संचालक समितिलाई दिएको छ । सभाले संचालकहरुको बैठक भत्ता, टेलिफोन तथा पत्रपत्रि खर्च पुनरावलोकन गर्ने समेत जनाएको छ ।
बैंकले फागुन २७ गतेदेखि चैत ८ गतेसम्म सेयरधनी दर्ता किताब बन्द गर्न लागेको छ । चैत ७ गतेसम्म कायम सेयरधनीहरुले सभामा भाग लिन र लाभांश पाउन सक्नेछन् ।