रिलायन्स फाइनान्सको लाभांश पारित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 01, 2020 | 10:15:25 AM मा प्रकाशित

laxmi  sunrise bank

रिलायन्स फाइनान्स Reliance Finance Limited को ६ दशमलव ५८ प्रतिशत नगद लाभांश पारित भएको छ । कम्पनीको फागुन १६ गते कठमाडौंमा भएको १० औं वार्षिक साधारण सभाले उक्त नगद लाभांश पारित गरेको हो ।

कम्पनीको हाल चुक्ता पँजी ८३ करोड २४ लाख छ । कम्पनीले चालू आवको ६ महिनामा ६ करोड २२ लाख ३९ हजार नाफा गरेको छ । गत आवमा ४३ लाख ५० हजार नाफा गरेको थियो । कम्पनीको जगेडा कोषमा  १६ करोड ४० लाखभन्दा बढी रहेको छ ।

कम्पनीको प्रतिशेयर आम्दानी वार्षिक  १४ रुपैँया ९५ पैसा र प्रतिशेयर नेटवर्थ १ सय २८ रुपैँया १३ पैसा छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved