मर्जर र हकप्रद प्रस्ताव गर्दै एक्सेल डेभलपमेण्टले बोलायो साधारण सभा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 10, 2020 | 10:11:04 AM मा प्रकाशित

laxmi  sunrise bank

एक्सेल डेभलपमेण्ट बैंक लिमिटेड Excel Development Bank Limited ले १४ औं वार्षिक साधारण सभा चैत २० गते बोलाएको छ । कम्पनीले होटल होलिडे होम, झापामा विहान ११ बजे सेयरधनीलाई बोलाएको हो । कम्पनीले १७ दशमलव १० प्रतिशत वोनस सेयर र करको शुन्य दशमलव ९० प्रतिशत नगद लाभांश पारित गर्न सभा बोलाएको हो । 

कम्पनीको १३ औं सभाले ५५ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको थियो । कम्पनीले हालसम्म सो हकप्रद निष्काशन गरेको छैन । अब, कम्पनीले वोनस सेयर वितरणपछि कायम हुने पुँजीको आधारमा  ३० प्रतिशत हकप्रद निष्कासन गर्ने विशेष प्रस्ताव सभामा राखेको छ । 

सभाले संचालक समितिका सदस्यहरुको बैठक भत्ता तथा होटल बास खर्च सम्बन्धमा छलफल गर्ने, रिक्त रहेको संचालक पदमा बाँकी अवधीको लागि संचालक चयन गर्ने र स्वतन्त्र संचालकको नियुक्ती अनुमोदन गर्ने छ । 

कम्पनीले सभामा अन्य कुनै बैंक तथा वित्तीय संस्थामा एक आपसमा गाभ्ने गाभिने अधिकारमा निर्णय गर्न संचालक समतिलाई अख्तियारी दिने ।  कम्पनीले साधारण सभाको लागि सेयरधनी दर्ता किताब चैत ७ गतेदेखि २० गतेसम्म बन्द गर्न लागेको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved