जनउत्थान लघुवित्तले डाक्यो साधारण सभा, बोनसपछि २०० प्रतिशत हकप्रद

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 18, 2020 | 09:43:15 AM मा प्रकाशित

laxmi  sunrise bank

जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड Janautthan Samudayic Laghubitta Bikas Bank Limited ले नवौं वार्षिक साधारण सभा चैत २७ गते बोलाएको छ । कम्पनीले होटल न्यू ईरा बुटवलमा विहान ११ बजे शेयरधनीलाई बोलाएको हो ।

साधारणसभामा कम्पनीले लाभांश सहितका प्रस्ताव पारित गर्ने छ ।  कम्पनीले असार मसान्तसम्मको चुक्ता पुँजीको आधारमा ४५ दशमलव ८३ प्रतिशत वोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ। सो अवधीमा कम्पनीको चुक्ता पुँजी ३ करोड ४५ लाख ६० हजार थियो । कम्पनीले उक्त वोनसमा लाग्ने कर समेत गरी २ दशमलव ४१ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको थियो । तर कम्पनीले निष्काशन गरेको शतप्रतिशत हकप्रदले समेत यो बोनस पाउने भएकोले अन्तिम लाभांश दर २५ प्रतिशत बोनस शेयर र १ दशमलव ३२ प्रतिशत नगद हुने छ । जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुंजी ६ करोड ३३ लाख ६० हजारको २५ प्रतिशत बोनस शेयर र १ दशमलव ३२ प्रतिशत नगद प्रस्ताव गरेको हो।

कम्पनीले उक्त वोनस सेयर वितरण गरेपछि कायम हुने चुक्ता पुँजी ७ करोड ९२ लाखको आधारमा १ बराबर २ को अनुपातमा २ सय प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव सभामा राखेको छ । कम्पनीले अन्य कुनै लघुवित्त सँग गाभ्ने गाभिने तथा प्राप्ति प्रयोजनको लागि संचालक समितिलाई अख्तियारी दिने छ । कम्पनीले साधारण सभा प्रयोजनको लागि शेयरधनी दर्ता किताब चैत १४ गते बन्द गर्न लागेको छ । चैत १३ गतेसम्म कायम सेयरधनीहरुले सभामा भाग लिन र कम्पनीको लाभांशको हकदार हुन पाउनेछन् । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved