एक्सेल डेभलपमेण्टको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

बिजपाटी सम्बाददाता

बिजपाटी सम्बाददाता

Mar 19, 2020 | 09:57:27 AM मा प्रकाशित

laxmi bank

एक्सेल डेभलपमेण्ट बैंक लिमिटेड Excel Development Bank Limited को लाभाँश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । बैंकले चैत ७ गतेदेखि शेयरधनी दर्ता किताब बन्द गर्ने भएकाले आजसम्म कायम सेयरधनीहरुले साधारण सभामा भाग लिन र लाभांशको हकदार हुन पाउनेछन् ।

बैंकले १४ औं वार्षिक साधारण सभा चैत २० गते बोलाएको छ । कम्पनीले होटल होलिडे होम, झापामा विहान ११ बजे सेयरधनीलाई बोलाएको हो । कम्पनीले १७ दशमलव १० प्रतिशत वोनस सेयर र करको शुन्य दशमलव ९० प्रतिशत नगद लाभांश पारित गर्न सभा बोलाएको हो । 

कम्पनीको १३ औं सभाले ५५ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको थियो । कम्पनीले हालसम्म सो हकप्रद निष्काशन गरेको छैन । अब, कम्पनीले वोनस सेयर वितरणपछि कायम हुने पुँजीको आधारमा  ३० प्रतिशत हकप्रद निष्कासन गर्ने विशेष प्रस्ताव सभामा राखेको छ । 

सभाले संचालक समितिका सदस्यहरुको बैठक भत्ता तथा होटल बास खर्च सम्बन्धमा छलफल गर्ने, रिक्त रहेको संचालक पदमा बाँकी अवधीको लागि संचालक चयन गर्ने र स्वतन्त्र संचालकको नियुक्ती अनुमोदन गर्ने छ । 

कम्पनीले सभामा अन्य कुनै बैंक तथा वित्तीय संस्थामा एक आपसमा गाभ्ने गाभिने अधिकारमा निर्णय गर्न संचालक समतिलाई अख्तियारी दिने ।  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved