कोरोनाको प्रभावले चैतमा हुने वार्षिक साधारणसभा के होला ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 21, 2020 | 11:19:19 AM मा प्रकाशित

laxmi  sunrise bank

चैत महिनाभित्र साधारण सभा बोलाएका कम्पनीहरुमध्ये अपि पावर कम्पनी र सेन्चुरी कमर्शियल बैंकले साधारण सभा स्थगित भएको सुचना दिईसकेका छन् । विश्वभर फैलिएको कोरोना भाइरसका कारण नेपाल सरकारले २५ जना भन्दा बढीको भेला हुन रोक लगाएपछि यि कम्पनीले साधारण सभा स्थगित गरेका हुन् । 

मितेरी डेभलपमेण्टल बैंकले भने आज साधारण सभा सम्पन्न गरिसकेको छ । बाँकी रहेका ११ कम्पनीको साधारण सभा यही चैत महिनामा रहेको छ । यि कम्पनीमध्ये हालसम्म कुनैले पनि साधारण सभा स्थगित गरेको सुचना दिएका छैनन् । शुक्रवार प्रधानमन्त्री के.पी शर्मा ओलिले अत्यावश्यक सेवा बाहेक सबै सेवा बन्द गरिएको घोषणा गरेका छन् । यससँगै साधारण सभा अत्यावश्यक सेवा नपरेकाले यि कम्पनीहरुको साधारण सभा होला कि नहोला भन्ने छ । 

चैतसम्म साधारण सभा बोलाएको सहयोगी विकास बैंकका सिइओ सुन्दर खड्काले आज संचालक समितिको बैठकपछि साधारण सभा गर्ने कि नगर्ने भन्ने टुंगो लाग्ने बताएका छन् ।  सरकारले २५ जना भन्दा बढी भेला हुन रोक लगाएसँगै सेयरधनीहरुको उपस्थित कम हुने भएकाले साधारणसभा स्थगित गर्न सक्ने संभावना धेरै रहेको उनले बताए । माहामारीको बेलामा सुरक्षित रहनुपर्ने उनको भनाई छ । 

चैतमा साधारण सभा बोलाएका कम्पनी


के हो साधारण सभा ? किन गरिन्छ वार्षिक साधारण सभा

कुनै पनि सङ्गठित संस्थाको शेयर पूँजीमा हक भएका शेयरधनीसहितको संयुक्त छलफल कार्यक्रमलाई साधारणसभा भनिन्छ । साधारणसभालाई शेयरवालाहरूले कम्पनीको व्यवस्थापनका सम्बन्धमा बोल्ने र सुझाव दिन मिल्ने अवसरको रूपमा पनि लिन सकिन्छ । यस सभाबाट सबै शेयरधनीको उपस्थितिमा कम्पनीको समग्र विषयमा निष्कर्ष निकाल्न सकिन्छ । कम्पनीले गर्ने मुख्य निर्णयलाई साधारणसभाबाटै वैधानिकता प्रदान हुने हुँदा यसको महत्व बढी छ । कम्पनीको वार्षिक साधारणसभामा सामान्यतया कम्पनीको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन र सञ्चालकको प्रतिवेदनजस्ता विषयमा छलफल गरिन्छ । साधारणसभा नै यस्तो स्थल हो, जहाँ कम्पनीको अवस्थाको बारेमा यथार्थ जानकारी लिन लगानीकर्तालाई सहज हुन्छ । साथै, कम्पनीको प्रतिनिधित्व गरेका प्रदाधिकारीलाई नजीकबाट नियाल्ने अवसर पनि मिल्छ । 

साधारणसभाका लागि ऐनमा भएको व्यवस्था 

कम्पनी ऐन २०६३ ले प्रत्येक पब्लिक कम्पनीले कारोबार शुरू गर्ने अनुमति पाएको १ वर्षभित्र प्रथम वार्षिक साधारणसभा गर्नुपर्नेछ व्यवस्था छ ।  त्यसपछि प्रत्येक वर्ष कम्पनीको आर्थिक वर्ष पूरा भएको ६ महीनाभित्र वार्षिक साधारणसभा गर्नुपर्छ । साधारणसभामा कम्पनीको कुल शेयर सङ्याको ५० प्रतिशतभन्दा बढी शेयरको प्रतिनिधित्व हुनेगरी शेयरधनी वा प्रतिनिधि उपस्थित हुनुपर्र्नेछ । गणपूरक उपस्थिति नपुगेका कारण साधारणसभा हुन नसकेमा ७ दिनको सूचना दिई अर्कोपटक सभा बोलाउँदा कुल शेयर सङ्ख्याको २५ प्रतिशत शेयरको प्रतिनिधित्व हुने गरी कम्तीमा तीनजना शेयरधनी उपस्थित हुनुपर्नेछ । कम्पनीले तत्काल कायम रहेका शेयरधनीको नाम, ठेगाना र निजहरूले लिएको शेयर सङ्ख्या उल्लेख भएको सूची शेयरधनीहरूबाट हुने निरीक्षणका लागि साधारणसभा हुने स्थलमा राख्नुपर्नेछ । कम्पनीले साधारणसभा कम्पनी रजिष्ट्रारको कार्यालय रहेको जिल्ला वा सोसँग जाडिएका अधिकांश शेयरधनीलाई पायक पर्ने ठाउँमा गर्नुपर्नेछ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved