हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड Himalayan General Insurance Company Limited ले साधारणसभा आह्वान गरेको छ । कम्पनीले वैशाख २९ गते २६ औं वार्षिक साधारण सभा बोलाएको हो ।
कम्पनीको चैत ९ गते बसेको संचालक समितिको बैठकले कार्की व्याङक्वेट बबरमहलमा विहान ११ बजे साधारण सभा गर्ने निर्णय गरेको हो । कम्पनीको साधारण सभाले ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि समेत गरी ३ दशमलव ७५ प्रतिशत नगद लाभाँंश पारित गर्ने छ ।
कम्पनीले साधारण सभा प्रयोजनको लागि शेयरधनी दर्ता किताब वैशाख १२ गतेदेखि २९ गतेसम्म बन्द गर्न लागेको छ । वैशाख ११ गतेसम्म कायम सेयरधनीहरुले साधारण् सभा सहभागिता जनाउन र लाभांश पाउन सक्नेछन् ।