सिटिजन्ससँग विलय हुन लागेको सहयोगी विकास बैंकले बोलायो सभा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 11, 2020 | 03:01:03 PM मा प्रकाशित

laxmi  sunrise bank

सहयोगी विकास बैंक लिमिटेड Sahayogi Vikas Bank Limited  ले साधारण सभा  बोलाएको छ ।  बैंकले जेठ ११ गते जनकपुरको होटेल मानकीमा  १६ औं वार्षिक सभा आह्वान गरको हो  । 

सहयोगीलाई सिटिजन्स बैंकमा गाभ्ने प्रस्ताव गर्न बैंकले सभा आह्वान गरेको हो  ।   बैंकले गत आर्थिक वर्षको  नाफाबाट सेयरधनीहरुलाई १८ दशमलव ७२१५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गर्ने छ । वाणिज्य बैंकसँग विलय हुन लागेकाले बैंकको अस्तित्व नहुने भएपछि संचालकहरुको चुनाव भने हुने छैन । प्राप्ति गर्न बसेको संचालक समितिले नै निरन्तरता दिन भनी राष्ट्र बैंककमा सिफारिस गरेकाले हालको संचालक समितिले एकिकृत कारोबार नहुन्जेलसम्म कार्य गर्ने गरी सभाले अनुमोदन गर्ने छ । 

सहयोगी विकास बैंकको १ सय कित्ता बराबर सिटिजन्सको ९१ दशमलव ७५ कित्ता ( १ः०.९१७५) को अनुपातमा सेयर स्वाप अनुपात सभाले पारित गर्नेछ  । प्राप्तिपछि सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको नामबाट कारोबार हुनेछ । बैंकको प्राप्ति प्रयोजनको लागि असार २३ गतेदेखि कारोबार बन्द भएकाले सभाको लागि फागुन २८ गतेसम्म कारोबार भई सात दिनभित्र बैंकको सेयर रजिष्ट्रारमा नामसारी भएकाले  सभामा भाग लिन पाउनेछन् । 

बैंकले यस अघि चैत्र १० गते साधारणसभा गर्ने जनाएपनि लकडाउनको कारण रोकिएको थियो । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved