नेको इन्स्योरेन्सले डाक्यो साधारणसभा, कुर्सिहरु १ मिटरको दुरीमा राखिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 20, 2020 | 09:04:11 AM मा प्रकाशित

laxmi  sunrise bank

नेको इन्स्योरेन्स Neco Insurance Company Limited  को यस अघि स्थगित भएको साधारणसभा आगामी जेठ २३ गते शुक्रबार हुने भएको छ । कम्पनीले आफ्नै भवनमा ज्ञानेश्वरमा बिहान ११ बजे सभा आह्वान गरेको हो । 

कम्पनीले सभामा लाभांश लगायतका प्रस्ताव पेश गर्ने छ । कम्पनीले आर्थिक बर्ष ७५/७६ को मुनाफाबाट  ८.१६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। साधारणसभा प्रयोजनको लागि कम्पनीले चैत्र २४ गतेदेखि बुक क्लोज गर्ने निर्णय गरेको छ । चैत्र २३ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित  लाभांश पाउन सक्ने छन् ।

कम्पनीले यस अघि बैशाख १ मा सभा आह्वान गरेपनि कोरोना भाइरसको कारण जोखिम बढेको भन्दै स्थगित भएको थियो  । अब भने कम्पनीले आवश्यक सुरक्षा नीति अपनाएर सामाजिक दुरी कायम गरी सभा गर्न लागेको हो  । कम्पनीले सभामा आउनेहरुलाई मास्क र पन्जा अनिवार्य गरेको छ भने कुर्सिहरु १ मिटरको दुरीमा राखिने जनाएको छ  । 

हाल कम्पनीको चुक्ता पुंजी १ अर्ब ३१ करोड ७४ लाख रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved