सिटिजन्स बैंकसँग गाभिन लागेको सहयोगीले डाक्यो साधारणसभा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 29, 2020 | 03:27:49 PM मा प्रकाशित

laxmi  sunrise bank

सहयोगी विकास बैंक Sahayogi Vikas Bank Limited ले साधारणसभा आह्वान गरेको छ ।  बिहीबार बसेको सञ्चालक समितिको बैठकले जेष्ठ २४ गते दिउसो २ बजे जनकपुरस्थित बैंकको केन्द्रीय कार्यालयमा सभा सञ्चालन गर्ने निर्णय गरेको हो । 

यसअघि बैंकले गत चैत्र १० गते सभा सम्पन्न गर्ने तयारी गरेपनि सरकारले कोभिड १९ का कारण सार्वजनिक भेला तथा समारोह गर्नमा लगाएको प्रतिवन्धका कारण स्थगित गरेको जनाएको छ । 

२४ गते हुने सभा प्रत्यक्ष सहभागिता र डिजिटल प्रविधि मार्फत सञ्चालन गर्ने जनाइएको छ । त्यस्तै बैंकले शेयरधनीहरुलाई सम्भव भएसम्म डिजिटल प्रविधि मार्फत सहभागि हुन आह्वान गरेको जनाएको छ । प्रत्यक्ष सहभागिता जनाउने शेयरधनीहरुलाई कोभिड १९ बाट बच्न अपनाउनु पर्ने सावाधानीका सबै किसिमको उपायहरु अबलम्बन गरिने समेत बैंकले जनाएको छ । डिजिटल प्रविधि मार्फत सहभागी हुन चाहने इच्छुक शेयरधनीलाई सभा सञ्चालन हुनु भन्दा २४ घण्टा अगाडी मोबाइल नं ९८५४०२८९७२ वा ९८४४०५३४०० मा सम्पर्क गर्न बैंकले सूचना प्रकाशित गरिसकेको जनाइएको छ ।

यस सभाले सिटिजन्स बैंकसंग बिलय हुने प्रस्ताव गर्ने समेत जनाइएको छ । सहयोगी विकास बैंकको १ सय कित्ता बराबर सिटिजन्सको ९१ दशमलव ७५ कित्ता ( १ः०.९१७५) को अनुपातमा सेयर स्वाप अनुपात सभाले पारित गर्नेछ  । प्राप्तिपछि सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको नामबाट कारोबार हुनेछ । बैंकको प्राप्ति प्रयोजनको लागि असार २३ गतेदेखि कारोबार बन्द भएकाले सभाको लागि फागुन २८ गतेसम्म कारोबार भई सात दिनभित्र बैंकको सेयर रजिष्ट्रारमा नामसारी भएकाले  सभामा भाग लिन पाउनेछन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved