नागरिक लगानी कोषले हकप्रद निष्काशन गर्ने, साधारणसभा आह्वान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 11, 2020 | 09:05:22 AM मा प्रकाशित

laxmi  sunrise bank

नागरिक लगानी कोष Citizen Investment Trust ले साधारणसभा आह्वान गरेको छ । कोषले असार २० गते शनिवार नयाँ बानेश्वर स्थित कोषको पुरानो भवनमा सभा आह्वान गरेको हो 

सभामा लाभांश र हकप्रद लगायतका प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक बर्ष ७५/७६ को मुनाफाबाट २२ प्रतिशत बोनस शेयर र १.१६ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ ।  साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ 

त्यस्तै कोषले बोनसपछि हकप्रद वितरणको प्रस्ताव गरेको छ । कोषले १:०.८२८४ को अनुपातमा ८२.८४ प्रतिशत हकप्रद निष्काशनको प्रस्ताव गरेको  हो । सभाले गत आर्थिक वर्षको वित्तीय विवरण र वार्षिक प्रतिवेदन पारित गर्ने छ 

कोषले साधारणसभा प्रयोजनको लागि असार १० गते बुक क्लोज गर्ने निर्णय गरेको छ । असार ९ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved