सप्तकोशी डेभलपमेन्ट बैंकको साधारणसभा आह्वान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 23, 2020 | 08:29:41 AM मा प्रकाशित

laxmi  sunrise bank

सप्तकोशी डेभलपमेन्ट बैंक Saptakoshi Development Bank Limited ले यस अघि कोरोनाको कारण स्थगित भएको साधारणसभा पुन:आह्वान गरेको छ ।  बैंकले यस अघि चैत ३० गते बोलाएकोमा देशब्यापी लकडाउनको कारण सभा स्थगित भएको थियो ।

अब बैंकले सोहि सभा असार २१ गते आइतबार उद्योग संगठन मोरङमा आह्वान गरेको हो। सभाले लाभांश सहितका विभिन्न प्रस्ताव पारित गर्ने छ । कम्पनीले हाल कायम चुक्ता पुँजीको ६ प्रतिशतको दरले हुन् आउने ४ करोड ७२ लाख २६ हजार ७ सय ३ दशमलव ६८ रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव सभामा राखेको छ । साथै, संस्थापक तर्फबाट तीन जना र सर्वसाधारण तर्फबाट तीन जना गरी ६ जना संचालकहरुको निर्वाचन सभाले गर्ने छ ।

बैंकले साधारण सभा प्रयोजनको लागि शेयरधनी दर्ता किताब चैत १७ गतेदेखि ३० गतेसम्म बन्द  गरेको छ । चैत्र १६ गतेसम्म कायम शेयरधनीले सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् । हाल कम्पनीको चुक्ता पुँजी ७८ करोड ७१ लाख रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved