स्वरोजगार लघुवित्तको विशेष साधारणसभा आह्वान, जनकपुरलाई प्राप्तिपछि शतप्रतिशत हकप्रद

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 10, 2020 | 08:38:27 AM मा प्रकाशित

laxmi  sunrise bank

स्वरोजगार लघुवित्त Swarojgar Laghubitta Bittiya Sanstha Limited ले विशेष साधारणसभा आह्वान गरेको छ । कम्पनीले साउन १० गते शनिवार कमलादीमा विशेष साधारणसभा आह्वान गरेको हो। 

कम्पनीले सधारणसभामा जनकपुर लघुवित्तलाई प्राप्ति गर्ने विशेष प्रस्ताव पारित गर्ने छ ।   स्वरोजगार लघुवित्तले जनकपुर लघुवित्तलाई १००:७० को स्वापमा गाभ्न लागेको हो । हाल स्वरोजगार लघुवित्तको चुक्ता पूँजी ३४ करोड १६ लाख १२ हजार छ भने जनकपुर लघुवित्तको चुक्ता पूँजी ३ करोड ४७ लाख ५० हजार रुपैंया छ । कम्पनीले जनकपुरलाई गाभेपछि कायम हुने चुक्ता पुँजीको शत प्रतिशत हकप्राद निष्काशन प्रस्ताव समेत साधारणसभाबाट पारित गर्ने छ । 

प्राप्तिपछि स्वरोजगार कै नामबाट एकिकृत कारोबार हुनेछ भने केन्द्रीय कार्यलय हाललाई बनेपा र पछि काठमाडौँमा सारिने उल्लेख छ ।  कम्पनीले साधारणसभा प्रयोजनको लागि साउन ५ गते बुक क्लोज गर्ने जनाएको छ । साउन ४ गतेसम्म कायम शेयरधनीले सभामा भाग लिन सक्ने छन् । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved