सिभिल लघुवित्त Civil Laghubitta Bittiya Sanstha Limited ले १० प्रतिशत लाभांस वितरण गर्ने भएको छ । शुक्रबार बसेको संस्थाको आठौं साधारण सभाले चुक्त पुँजीको ५ प्रतिशत नगत लाभांस तथा ५ प्रतिशत बोनस सेयर जारी गर्ने प्रस्ताव पारित गरेको हो ।
सभाले आर्थिक वर्ष २०७५।७६ को वार्षिक प्रतिवेदन तथा वित्तीय विवरणहरु पारित गरेको छ । साथै सभाले सर्वसाधारण शेयरधनीहरुको तर्फबाट संस्थाको सञ्चालकमा कृष्णप्रसाद अधिकारीलाई निर्विरोध निर्वाचित समेत गरेको छ ।
सिभिल बैंकको सहायक कम्पनीको रुपमा रहेको संस्थाले हालसम्म ४८ ओटा शाखाहरु मार्फत २७ ओटा जिल्लाहरुमा ३३ हजार भन्दा बढि सदस्यहरुलाई सेवा प्रदान गर्दै आएको छ ।