जनउत्थान लघुवित्तको लाभांश पारित, २ सय प्रतिशत हकप्रद ल्याउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 11, 2020 | 10:02:36 PM मा प्रकाशित

laxmi  sunrise bank

जनउत्थान सामुदायिक लघुवित्त Janautthan Samudayic Laghubitta Bikas Bank Limited  ले २६.३२ प्रतिशत लाभांश पारित भएको छ । कम्पनीको शनिबार बसेको नवौं साभारण सभाले चुक्ता पूँजीको २५ प्रतिशत बोनस शेयर जारी गर्ने  र १.३२ प्रतिशत नगद लाभांश कर प्रयोजनका लागि वितरण गर्ने  प्रस्ताव पारित गरेको हो ।

त्यस्तै संस्थाले अधिकृत पूँजी १० करोडबाट बृद्धि गरी ५० करोड रुपैयाँ पुर्याउने प्रस्ताव पारित गरेको छ । कम्पनीले बोनस शेयर वितरण पश्चात कायम हुने चुक्ता पुँजी सात करोड ९२ लाख रुपैयाँको १ः२ को अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव पनि पारित गरेको छ ।

सभाले संस्थापक तथा सर्वसाधारण समुहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ५ जना सञ्चालकको निर्वाचन गरेको छ । निर्वाचित हुनेहरमा बाबुराम विश्वकर्मा, रेवन्त बहादुर विश्वकर्मा, मान बहादुर विश्वकर्मा, गोकर्ण बहादुर कार्की क्षेत्री र नरेन्द्र कंडेल रहेका छन् । त्यस्तै सञ्चालक समितिको बैठकले बाबुराम बिश्वकर्मालाई सञ्चालक समितिको अध्यक्षमा सर्वसम्मत रुपमा चयन गरेको संस्थाले छ ।

संस्ताले ३९ वटा शाखा कार्यालयहरु मार्फत सेवा दिदै आइरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved