सगरमाथा इन्स्योरेन्सले बोलायो साधारण सभा, यस्ता छन् एजेण्डा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 31, 2020 | 12:31:12 PM मा प्रकाशित

laxmi  sunrise bank

सगरमाथा इन्स्योरेन्स Sagarmatha Insurance Company Limited ले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले भाद्र १३ गते बिहान १० बजे कम्पनीको प्रधान कार्यालय, भगवतीमार्ग, नक्साल , काठमाडौमा हुने जनाएको छ । 

साउन १५ गते बसेको संचालक समितिको २८९ औँ बैठकले  आर्थिक वर्ष २०७५/७६ को २३ औँ वार्षिक साधारण सभा  हुने मिति तय गरेको हो । 

कम्पनीले निर्जीवन बीमा ब्यवसाय गर्ने उपयुक्त कम्पनीसँग गाभ्ने गाभिने वा प्राप्ती गर्ने सम्बन्धी आवश्यक कार्य संचालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव उक्त साधारण सभामा पेश गर्ने जनाएको छ । 

साथै,  साधारण सभामा संचालकको तर्फबाट अध्यक्षले आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदन पेश गर्ने छन् । कम्पनीको आर्थिक वर्ष २०७६ ७७ को लेखा परीक्षण गर्नका लागि लेखा परीक्षण समितिको सिफारिस बमोजिम लेखा परीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक तोक्ने लगाएतका प्रस्ताव रहेको कम्पनीले जनाएको छ  ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved