प्रुडेन्सियल इन्स्योरेन्सले सर्वसाधारणको शेयर स्वामित्व बढाउने, साधारणसभा आह्वान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 21, 2020 | 09:40:03 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रुडेन्सियल इन्स्योरेन्स Prudential Insurance Company  को अठारौँ वार्षिक साधारण सभा भाद्र १६ गते हुने भएको छ । कम्पनीको  साधारण सभा कम्पनीको रजिष्टर्ड कार्यालय विरगञ्ज, पर्सामा हुन् लागेको हो । 

सभामा कम्पनीले शेयरधनीको स्वामित्व परिवर्तन गर्ने लगायतका विभिन्न प्रस्ताव पेश गर्ने भएको छ । कम्पनीले संस्थापक शेयरधनीको स्वामित्व ८० प्रतिशतबाट घटाएर ६० कायम गर्ने र सर्बसाधारणको स्वामित्व २० प्रतिशतबाट बढाएर ४० प्रतिशत कायम गर्ने प्रस्ताव पेश गर्ने छ । त्यस्तै सभाले ४ जना संचालकको नियुक्ति गर्ने,  वित्तीय विवरण र लेखापरिक्षक प्रतिवेदन पारित लगायतका प्रस्ताव पनि सभामा पेश गर्ने छ।

कम्पनीले आव २०७५/७६ को लागि बोनश शेयर तथा नगद लाभांश प्रताव नगरिएको जनाएको छ। कम्पनीले एनएफआरएस बमोजिम वित्तीय विवरण तयार पार्दा जगेडा र तथा ब्यबस्थाहरु कायम गर्नुपर्ने भएकोले लाभांश दिन नसकिने जनाएको हो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved