नेपाल बैंकको विशेष साधारणसभा सम्पन्न

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 05, 2020 | 06:34:38 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बैंक Nepal Bank Limited  को विशेष साधारणसभा सम्पन्न भएको छ । सोमबार बिहान ११ बजे अनलाइन अर्थात् जुमको माध्यम सभा संचालन भएको हो ।

सभाबाट बैंकले २ वटा प्रस्ताव पारित गरेको जनाएको छ । बैंकमा नेपाल सरकारबाट प्रतिनिधित्व गर्ने संचालकको संख्या ४ बाट घटाएर ३ बनाउने र सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने संचालकको संख्या २ बाट बढाएर ३ बनाउने प्रस्ताव पारित भएको हो ।

त्यस्तै बैंकले प्रबन्धपत्र र नियमावलीलाई समानुकुल अद्यावधिक गर्नु पर्ने भएकोले सो प्रस्ताव समेत सभाबाट पारित भएको जनाइएको छ । प्रबन्धपत्र र नियमावली परिमार्जन गर्ने अख्तियारी संचालक समितिलाई दिने प्रस्ताव पनि पारित भएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved