बैंक अफ काठमाण्डूको लाभांश पारित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 30, 2020 | 04:23:02 PM मा प्रकाशित

laxmi  sunrise bank

बैंक अफ काठमाण्डू Bank of Kathmandu Limited  को लाभांश पारित भएको छ । सोमबार बसेको बैंकको साधारण सभाबाट १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको हो । 

बैंकको आर्थिक वर्ष ७६।७७ को मुनाफाबाट १३ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत ३ प्रतिशत नगद गरि कुल १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको हो । 

बैंकले साधारणसभा प्रयोजनको लागि कार्तिक २८ गतेदेखि मङ्सिर १५ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको थियो । कार्तिक २७ गतेसम्म शेयरधनीले मात्र साधारणसभामा भाग लिन र बैंकले प्रस्ताव गरेको लाभांश पाउँने छन् ।

बैंकले हाल ८९ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टर मार्फत सोवा दिदै आइरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved