एनआईसीको लाभांश पारित, चुक्ता पुँजी ११ अर्ब ५६ करोड माथि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 06, 2020 | 01:05:03 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया बैंक NIC Asia Bank Limited को लाभांश पारित भएको छ । आइतबार बसेको बैंकको २३औँ वार्षिक साधारण सभाले बैंकको आर्थिक बर्ष ७६/७७ बाट १९ प्रतिशत बोनश शेयर र १ प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

सभाले १९ प्रतिशतले हुन आउने १ अर्ब ८४ करोड ६३ लाख बराबरको बोनस शेयर र १ प्रतिशतले हुन आउने ९ करोड ७२ लाख बराबरको नगद लाभांश गरी कुल १ अर्ब ९४ करोड ३५ लाख लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । बैंकले १९ प्रतिशत बोनश शेयर पारित गरेसंगै बैंकको चुक्ता पूँजी ११ अर्ब ५६ करोड ४० लाख ५ हजार ३ सय ६६ रुपैयाँ पुगेको छ ।

बैंकले साधारणसभा प्रयोजनको लागि मङ्सिर १० गतेदेखि २१ गतेसम्म बुक क्लोज गरेको थियो । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved