साल्ट ट्रेडिङ कर्पोरेशनको लाभांश पारित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 15, 2020 | 02:28:18 PM मा प्रकाशित

laxmi  sunrise bank

साल्ट ट्रेडिङ कर्पोरेशन Salt Trading Corporation Limited  को लाभांश पारित भएको छ । कम्पनीको मंगलबार सम्पन्न साधारणसभाले लाभांश सहितका विभिन्न प्रस्ताव पारित गरेको हो ।

साधारणसभाले गत आर्थिक वर्ष २०७५।७६ को वितरण योग्य मुनाफाबाट २५ प्रतिशतका दरले हुन आउने .३ करोड ८३ लाख ९३ हजार ९५० रुपैयाँ बराबरको वोनस शेयर वितरण गर्ने र १० प्रतिशतले हुन आएने १ करोड ५३ लाख ५७ हजार ५८० रुपैयाँ बराबरको नगद लाभांश (लाभांश कर समेत) दिने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको हो ।

कम्पनीले मङ्सिर ३० गते साधारणसभा आह्वान गरेको थियो । कम्पनीले साधारणसभा प्रयोजनको लागि मङ्सिर १५ देखि मङ्सिर ३० गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको थियो । मङ्सिर १४ गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउन सक्ने छन् । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved