माछापुच्छ्रे बैंकको लाभांश पारित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 17, 2020 | 05:01:26 PM मा प्रकाशित

laxmi  sunrise bank

माछापुच्छ्रे बैंक Machhapuchchhre Bank Limited ले लाभांश पारित गरेको छ । बिहीबार बसेको बैंकको २२औँ वार्षिक साधारण सभाले बैंकको आर्थिक बर्ष ७६/७७ बाट ७.३ प्रतिशत बोनश शेयर र ३.३७ प्रतिशत नगद गरी कुल १०.४० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

बैंकले कुल ८७ करोड ९६ लाख बराबरको लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । त्यस्तै बैंकले सभामा वार्षिक वित्तीय विवरण पारित गर्ने, नगद प्रवाह विवरण पारित गर्ने, लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक तय गर्ने, अन्य बैंक तथा वित्तीय संस्थासँग गाभ्ने गाभिने कार्यको लागि संचालक समितिलाई अख्तियारी दिने, सर्वसाधारण शेयरधनीको तर्फबाट संचालक प्रतिनिधित्व गर्ने ३ जनाको निर्वाचन गर्ने लगायतका प्रस्ताव पारित गरेको छ ।

बैंकले साधारणसभा प्रयोजनको लागि असोज २२ गते बुक क्लोज गर्ने निर्णय गरेको थियो । असोज २१ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved