ग्लोबल आइएमई बैंकको लाभांश पारित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 13, 2021 | 03:51:08 PM मा प्रकाशित

laxmi  sunrise bank

ग्लोबल आइएमई बैंक Global IME Bank Limited को लाभांश पारित भएको छ । बैंकको १४ औँ वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट शेयर धनीहरुलाई प्रस्ताव गरेको १४ प्रतिशत बोनश शेयर र २ प्रतिशत नगद लाभांश गरी १६ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको हो । 

बैंकले आर्थिक वर्ष २०७६/७७ मा सञ्चालन मुनाफा ४ अर्ब १७ करोड रुपैयाँ र कर पछिको मुनाफा २ अर्ब ९१ करोड रुपैयाँ आर्जन गरेको थियो । बोनश शेयर वितरण पश्चात बैंकको चुक्ता पुँजी २१ अर्ब ६३ करोड रुपैयाँ पुग्नेछ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved