लक्ष्मी लघुवित्तको लाभांश पारित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 13, 2021 | 04:00:32 PM मा प्रकाशित

laxmi  sunrise bank

लक्ष्मी बैंक लिमिटेडको Laxmi Bank Limited सहायक कम्पनी लक्ष्मी लघुवित्त वित्तीय संस्था Laxmi Laghubitta Bittiya Sanstha लिमिटेडको नवौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । । आर्थिक वर्ष २०७६/७७ को सञ्चालक समितिको प्रतिवेदन, वासलात लगायत अनुसूचीहरु पारित गर्दै साधारणसभा सम्पन्न भएको हो । 

कम्पनीले चुक्ता २७ करोड ८३ लाख चुक्ता पूँजीको ८.१६ प्रतिशत नगद लाभांश २ करोड २७ लाख र ४ करोड ४५ हजार बराबरको १५ प्रतिशत बोनश शेयर पारित गरेको छ । अब कम्पनीको चुक्ता पूँजी ३२ करोड पुगेको जनाईएको छ । 

साथै सभाले आ.व. २०७७/७८ को लेखापरीक्षक नियुक्त गर्नुका साथै ‘घ’ वर्गको लघुवित्त संस्थालाई प्राप्ति (एक्विजिसन) गर्ने विषयमा आवश्यक सहमति र सम्झौता गर्ने/गराउने सम्बन्धमा आवश्यक कामहरु गर्न सञ्चालक समितिलाई अख्तियारी दिएको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved