कामना सेवा विकास बैंकको लाभांश पारित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 13, 2021 | 04:13:28 PM मा प्रकाशित

laxmi  sunrise bank

कामना सेवाविकास बैंक लिमिटेडको चौधौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । आज भएको बैंकको साधारण सभाबाट आर्थिक वर्ष २०७६/७७ को सञ्चालक समितिको प्रतिवेदन, वासलात लगायत अनुसूचीहरु पारित गर्दै साधारणसभा सम्पन्न भएको हो । 

सभाले बैंकका शेयरधनिहरुलाई ४.४० बोनस शेयर र ०.२३ प्रतिशत नगद गरि ४.६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । 

त्यस्तै बैंकले सभामा वार्षिक वित्तीय विवरण पारित गर्ने, नगद प्रवाह विवरण पारित गर्ने, लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक तय गर्ने, अन्य बैंक तथा वित्तीय संस्थासँग गाभ्ने गाभिने कार्यको लागि संचालक समितिलाई अख्तियारी दिने निर्णय गरेको हो । 

ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न १२४ वटा शाखा तथा एक विस्तारित शाखा साथै ६६ वटा एटिएम मार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved